कार्यमूलक अनुसन्धान प्रतिवेदनको नमूना

‘कक्षा ७ को गणित विषयको ज्यामिती शिक्षणमा Tangram को उपयोग’

अनुसन्धान कर्ताको नामः तेजचन्द्र खनाल

संलग्न संस्थाको नामः श्री नवज्योति आधारभूत विद्यालय मध्यबिन्दु न.पा.–१, न.प. (व.सु.पू.)

अनुसन्धानको समयावधिः २०७६।०७।२५ देखि २०७६।०८।१० सम्म

१. अध्ययनको परिचय

१.१. अध्ययनको पृष्ठभुमि

     सामान्यतया कुनैपनि कार्य कार्यान्वयनका क्रममा वा अभ्यासका सिलसिलामा आईपरेका समस्यालाई समाधान गर्ने उदेश्यले गरिने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो । वास्तवमा आफुले अध्ययन गराउने विषयवस्तुमा आईपर्ने समस्याको पहिचान गरी तिनको समाधान तथा सुधारका उपायहरु पत्ता लगाउन गरीने खोजमुलक कार्यनै कार्यमूलक अनुसन्धान हो । विद्यालय तहमा गणित विषयलाई एक जटिल विषयको रुपमा चित्रण गरीएको पाइन्छ । विद्यालय तहको प्राथमिक तहदेखिनै गणित एक जटिल विषय हो भन्ने भ्रम रही आएको छ । जसले गणित शिक्षण सिकाईमा प्रत्यक्ष्य रुपमा प्रभाव पारेको पाइन्छ ।

१.२. समस्याको पहिचान

     प्राथमिक तहका बालबालिका हरुलाई गणित प्रति सकारात्मक धारणाको विकास गराउने र विभिन्न गणितीय समस्याहरुलाई सरल र सहज तरिकाले समाधान गर्न सिकाउने जस्ता समस्याको पहिचान गर्न अत्यावश्यक देखिएकाले निम्न समस्या पहिचान गरिएको छ ।

     १) कक्षा ७ को ज्यामिती शिक्षणमा टेनग्रामको भुमिका  पत्ता लगाउने ।

     २) कक्षा ७ को ज्यामिती शिक्षणमा टेनग्रामको असर हेर्ने ।

१.३. अध्ययनको उदेश्य

सुने बिर्सिन्छ, देखे सम्झिन्छ, गरे जानिन्छ र प्रयोग गरे बानी परीन्छ’ यो उक्ति गणित शिक्षणको क्षेत्रमा उत्तिकै महत्वपुर्ण ठानिन्छ । गरेर सिक्नको लागि शिक्षण सामाग्रीहरु आवश्यक पर्दछन् । आधारभूत तहका कक्षाहरुमा गणित शिक्षणको क्रममा नयाँ धारणा दिंदा तीन चरणहरु प्रयोग गरीन्छन् । ती हुन् ठोस् (Concrete), अर्ध ठोस (Semi-Concrete), र सांकेतिक (Symbolic) । यि मध्ये ठोस (Concrete) र अर्धठोस (Semi-Concrete) चरणको लागि शैक्षिक सामाग्रीहरु नभै हुँदैन । शैक्षिक सामाग्रीको प्रयोगबाट मात्र गणित शिक्षणमा (कक्षाकोठा क्रियाकलापमा) विद्यार्थी सहभागिता वृद्धि गर्न, गणित प्रति सकारात्मक  अभिवृद्धिको विकास गर्न, गणित सिकाइलाई सहज अर्थपुर्ण चिरस्थाई बनाउन र समग्रमा गणित शिक्षणलाई प्रभावकारी बनाउन सकिन्छ ।

अधिकांश विद्यालयहरुको आधारभूत तहमा गणित शिक्षणको ज्यामिती शिक्षणमा ज्यामितीय धारणा बसाल्न शैक्षिक सामाग्री प्रयोग गरीएको पाइदैन जसले गर्दा विद्यार्थीले ज्यामिती लाई जटिल मानेको पाइन्छ । यस अध्यनको मुख्य उदेश्य ज्यामिती शिक्षणमा शैक्षिक सामाग्रीको भुमिका कस्तो हुन्छ भन्नुनै हो वा ज्यामिती शिक्षणमा शैक्षिक सामाग्रीले कस्तो भुमिका खेल्दछ भन्नु रहेको छ । तसर्थ यस अध्ययनको प्रमुख उदेश्य यसप्रकार छन् ।

(क) आधारभुत तह (कक्षा ७) को ज्यामिती शिक्षणमा टेनग्रामको प्रयोग र औचित्य केलाउनु ।

२. अध्ययनको योजना निर्माण

     आधारभूत तहको गणित विषयको ज्यामिती शिक्षणमा शैक्षिक सामाग्रीको महत्वपूर्ण भुमिका रहेको हुन्छ । शैक्षिक  सामाग्रीको माध्यमबाट शिक्षण गर्दा विभिन्न गणितीय धारणाहरु बसाल्न सहयोग पुग्दछ । ज्यामितीय धारणाहरुलाई ठोस शैक्षिक सामाग्रीको माध्यमबाट शिक्षण गर्दा शिक्षकलाई शिक्षण गर्न र विद्यार्थीहरुलाई सिक्न सजिलो हुन्छ, जसले गर्दा विद्यार्थीमा ज्यामितीप्रति सकारात्मक धारणाको विकास हुन्छ । यसप्रकार विभिन्न अनुसन्धानकर्ताहरुले पनि गणित शिक्षण (विशेषतः ज्यामिती) मा शैक्षिक सामाग्रीले महत्वपूर्ण भुमिका खेल्नेकुरा आफ्ना अनुसन्धान प्रतिवेदन मार्फत प्रष्ट पारेका छन् । यस अनुसन्धान प्रतिवेदनको मुख्य कार्य वा खोज आधारभूत तहको कक्षा ७ को गणित विषयको ज्यामिती शिक्षणमा शैक्षिक सामाग्री Tangram को प्रयोग र यसको प्रभाव हेर्न खोजिएको छ ।

३. अध्ययन विधि

     यस अध्ययनकालागि निम्न लिखित विधिहरु प्रयोग गरि खोजलाई अझबढि प्रभाबकारी बनाइएको थियो ।

(क)  समस्या समाधान विधि

(ख)  खोज विधि

(ग)  आगमन निगमन विधि

(घ)  अवलोकन विधि आदि ।

३.१. अध्ययनको ढाँचा

     यस अध्ययनको ढाँचा परिमाणात्मक (Quantitative) र गुणात्मक (Qualitative) रहेको छ । विद्यार्थीबाट प्राप्त तथ्याङ्कहरुलाई परिमाणात्मक र गुणात्मक दुबै किसिमले विश्लेषण गरिएको छ ।

३.२. नमुना छनौट

     यस अध्ययनका लागि कक्षा ७ का ३२ जना विद्यार्थीहरुमध्ये २० जना विद्यार्थीहरुलाई समावेश गरीएको छ । जसमध्ये विद्यालय नियमित नआउने, सिकाई उपलव्धी अत्यन्त न्युन रहेका र उच्च सिकाई उपलव्धि रहेका विद्यार्थीहरुलाई समावेश गरिएको छैन किनकी यस्ता विद्यार्थीहरुले अनुसन्धानलाई प्रत्यक्ष प्रभाव पार्ने  भएकाले वा शैक्षिक सामाग्री (टेनग्राम) को प्रयोगले खासै असर नपार्ने भएकाले तिनीहरुलाई यस समूहमा समावेश गरिएको छैन ।

३.३. तथ्याङ्क संकलन विधि

     तथ्याङ्क संकलनको लागि विद्यार्थीलाई Pre-Test Post-Test लिइएको थियो । साथै विद्यार्थी संगको प्रत्यक्ष अन्तरवार्ता बाट पनि केही तथ्याङ्कहरु संकलन गरीएको थियो । तथ्याङ्क संकलनको लागि विद्यार्थीहरुलाई १० दिन शिक्षण गरीएको थियो । जसमा पहिलो ५ दिन शिक्षण सामाग्री Tangram प्रयोग नगरीकन शिक्षण गरीयो र पाँचौ दिनको दिन Pre-Test लिइयो । त्यसपछि छैठौं दिनदेखि विद्यार्थीहरुलाई विभिन्न ज्यामितीय धारणाहरुलाई Tangram को माध्यमबाट शिक्षण गरियो । २० जना विद्यार्थीको समूहलाई ५-५ जनाको समूहमा विभाजन गरिएको थियो र प्रत्येक समूहलाई १-१ सेट Tangram उपलब्ध गराइएको थियो ।

     जुन समूहले चाँडो समस्या समाधान गर्छ उक्त समूहलाई विजेता पनि घोषणा गरिएको थियो । जसले विद्यार्थीलाई सिकाई प्रति अझ रुचि जगाउन र क्रियाशिल हुन सहयोग गरेको थियो । अनुसन्धानको अन्त्यमा Post-Test सञ्चालन गरिएको थियो । Pre-TestPost-Test सवै विद्यार्थीहरुलाई समावेश गरी लिइएको थियो तर तथ्याङ्क संकलन चाहीं नमूना छनौटको आधारमा लिइएका २० जना विद्यार्थीको मात्र लिइएको थियो । नतिजाको व्याख्या र विश्लेषण पनि उक्त तथ्याङ्कबाट गरिएको थियो ।

४. तथ्याङ्कको विश्लेषण र प्रक्रिया

     अनुसन्धान बाट प्राप्त तथ्याङ्कको विश्लेषण निम्नानुसार गरिएको थियो ।

  •     सर्वप्रथम त विद्यार्थीको ज्यामिती सम्बन्धी पुर्वज्ञान र ज्यामितीय धारणाको परीक्षण गर्नको लागि Pre-Test लिइएको थियो । Pre-Test बाट प्राप्त नतिजाको आधारमा सिकाइ क्षमता समान भएका २० जना विद्यार्थी छनोट गरिएको थियो । उक्त २० जना विद्यार्थी लाई यस अनुसन्धानमा समावेश गरिएको थियो ।
  •     विद्यार्थीहरुलाई ५-५ जनाको चार समुहमा विभाजन गरियो । प्रत्येक समुहमा एकजना समुह नेताको रुपमा चयन गरियो ।
  •     प्रत्येक समुहलाई एक-एक वटा टेनग्राम प्रदान गरियो ।
  •     प्रत्येक समुहलाई एकैसाथ Tangram बाट बन्न सक्ने विभिन्न ज्यामितीय आकृतीहरुको बारेमा शिक्षण गरी विभिन्न समस्याहरु प्रदान गरीयो ।
  •     Tangram बाट बन्नसक्ने सबै ज्यामितीय आकृतीहरु बनाउन लगाईयो ।
  •     बिद्यार्थीले नजानेको ठाउँमा शिक्षक आँफैले कालोपाटिमा चित्र बनाइदिई र उनिहरूसँग प्रत्यक्षरुपमा सहभागी भइ सोहि अनुरुप बनाउन लगाईयो । साथै सिक्न नसकेका विद्यार्थीलाई पुनः पृष्ठपोषण प्रदान गरि सिकाइयो ।
  •     जुन समुहले चाँडो बनाउन सक्छ उक्त समुहलाई उत्कृष्ट समुह घोषणा गरियो । जसले गर्दा विद्यार्थीमा सिकाईप्रति उत्सुकता जागेको पाईयो, जसले सिकाई सहज हुन गयो ।
  •  प्रत्येक समूहमा शिक्षक र समूह नेता मार्फत सिकाई प्रगती अनुगमन गरियो ।
  •  तत्पश्चात सिकाई उपलब्धी मूल्याङ्कनका लागि प्रश्नपत्र उपलब्ध गराई पोष्ट टेष्ट (Post-Test) संञ्चालन गरियो ।
  •   अन्त्यमा Pre-TestPost-Test को नतिजाको विश्लेषण गरीयो ।

५. निष्कर्ष र प्राप्ती

१.    Pre-TestPost-Test को लागि विद्यार्थीको सिकाई क्षमताको आधारमा १०-१० पूर्णाङ्कका वस्तुगत प्रश्नहरु समावेश गरिएको थियो ।

२.    उक्त प्रश्नहरु सवै कक्षा ७ को गणित विषयको ज्यामिती विषयवस्तुमा आधारित थियो ।

३.    Pre-TestPost-Test को नतिजा विश्लेषण गर्दा १० पूर्णाङ्कको Pre-TestPost-Test को औषत प्राप्ताङ्क ४.५ र ७.२ प्राप्त भयो । उक्त औषत प्राप्ताङ्कलाई विश्लेषण गर्दा कक्षा ७ को गणितको ज्यामिती शिक्षणमा Tangram को प्रयोग नगरिकन शिक्षण गर्दा भन्दा Tangram को सहायताबाट शिक्षण गर्दा विद्यार्थीको सिकाइमा उल्लेख्य सुधार भएको पाइयो । Tangram को प्रयोगले विद्यार्थीमा ज्यामितीय धारणाहरु बसाल्न धेरै नै सहयोग पुगेको पाइयो ।

६. अनुसन्धानको प्रतिबिम्बन

कक्षा ७ को गणित बिषयको ज्यामिती शिक्षणमा शैक्षिक सामाग्री टेनग्राम को प्रयोग यस अनुसन्धानको मुख्य उदेश्य भएकोले विद्यार्थीहरुमा शिक्षण सामाग्री मार्फत शिक्षण गरिएमा सिकाइ स्तर सुधार गर्न सकिने रहेछ । यसरी नै अन्य पाठहरुमा पनि शैक्षिक सामाग्रीद्वारा शिक्षण गराइएमा विद्यार्थीको सिकाइ स्तरमा उल्लेख्य सुधार ल्याउन सकिन्छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

७. सन्दर्भ सुचि

निउरे, ध्रुवप्रसाद; अनुसन्धान पद्धति, सनलाइट पब्लिकेशन ।

Dahal, Hukum Prasad; Speedy Math, United Nepal Publication (p) Ltd.

Vaidhya, Shambhu Narayan & Upadhyay, Hari Narayan; Mero Ganit Class 7, CDC.


Comments

Post a Comment