आत्मविश्वासको आवश्यकता किन ???
सबैले संसार बदल्ने बारेमात्र सोच्दछन् तर कसैले पनि आँफूलाई बदल्ने बारे सोच्दैन ।”-लेभ तोत्सतोइ “आफ्ना चाहानालाई साधारण बनाउ जे छ त्यसैमा रमाउ विगतको चिन्ता नगर वर्तमानमा बाँच्ने गर र जीवनलाई सरल बनाउ ।”-हेनरी डेभिड थोरो “यदि समस्या समाधान गर्न सकिन्छ भने चिन्ता गर्नु आवश्यक छैन, यदि समस्या समाधान गर्न सकिदैन भने चिन्ता गरेर हुने केही होइन ।”-दलाइ लामा “पहिले सोच, सोच लाई सपनामा बदल, सपनामाथि विश्वास गर अनि सपना साकार पार्ने आँट गर ।”-वाल्ट डिज्नी “जीवनमा तनाव र पिडा हुँदैन भने मानिसले केही सिक्न सक्दैन ।”-जिम क्यारी वर्तमान समयमा मानिसहरु अनेक प्रकारका चिन्ताले ग्रस्त छन् । चिन्ताको रुप चाहे जस्तो सुकै होस् त्यसको स्वाभावनै चिन्ता गर्ने बन्न गएको हुन्छ । कुनै व्यक्तिलाई शारीरिक चिन्ता हुन्छ भने कसैलाई मानसिक चिन्ता तथा कसै कसैलाई त असम्भाव्य चिन्ताले पनि घेरिरहेको हुन्छ । चिन्ता गरेर मानिसले आफु स्वयंलाई पिडित त बनाउदै आएका छन् नै यसले मानिसक दैनिक जीवनयापनलाई नै असहज बनाइराखेको हुन्छ । परापूर्वकालदेखिनै मानिसलाई चिन्ता, भय, त्रास आदिले ग्रसित बनाउँदै आइरहेको छ । यो संसारमा एउटा ...