सम्पुर्ण अभिभावकहरुलाई अनुरोध : धेरै भन्दा धेरै समय आफ्ना छोराछोरीलाई दिऔँ ।
हामी
बालबालिकाका कुरा के कति हदसम्म ध्यान दिएर सुन्छौं भन्ने कुरा हामीले उनिहरुका
निम्ति कति समय दिन्छौं भन्ने कुरामा निर्भर गर्दछ
। आजका बहुसङ्ख्यक अभिभावकले बालबालिकालाई उनिहरुका जिज्ञासा अभिव्यक्त
गर्नकालागि उत्साहित गर्नुको सट्टा हतोत्साहित गर्ने गरेको अवस्था छ । यसो गर, उसो गर भन्दापनि यसो नगर, उसो नगर बढि भन्ने गरेको अवस्था छ । कतिपयले खाना
खुवाउने क्रममा “खाउ बाबु खाउ नत्र भूत आउछ, धेरै चक चक नगर है अहिले बहुलाले लैजान्छ”
भनेर हप्काउदा रहेछौं । साना बालबालिकाको कोमल मन मस्तिष्कमा असल भावना र सकारात्मक
विचारको खेती गर्ने समयमा हामीले भूत, बहुला, जोगि आदिको बिउ रोपिदिंदा रहेछौं । यसको नकारात्मक
प्रभाव दीर्घकालिनरुपमा बालबालिकाको सर्वाङ्गिण विकासमा पर्दछ र हामीले गर्ने
त्यस्तो व्यवहार पनि दुर्व्यवहार अन्तरगतनै पर्दोरहेछ । त्यसैले अभिभावकले
बालबालिकासँग गर्ने व्यवहार पनि सकारात्मक हुनु अत्यन्त आवश्यक छ ।
बालबालिकाले अभिभावकबाट समय
नपाउँदा टेलिभिजन, कम्प्युटर र मोबाइलका पर्दामा बढि समय बिताउने गर्दछन् । यि प्रविधिहरुको
अधिकतम प्रयोगले बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकासमा नकारात्मक असर त
पर्छनै यसका साथै उनिहरुमा विभिन्न किसिमका नकारात्मक क्रियाकलापहरु समेत
स्वभाविकरुपमा बढेको देखिन्छ ।
विश्व अहिले कोभिड-१९ (कोरोना
भाइरस) को महामारी चपेटामा परिरहेको छ । जसले गर्दा विश्व आज पुर्णरुपमा ठप्प छ ।
विश्वका करिब ८० प्रतिशत मानिसहरु आज घरभित्र बसिरहेका छन् । जसमा बालबालिकाहरुपनि
रहेका छन् । ति कलिला बालबालिकाहरुका कलिला मनमस्तिष्कमा समेत कोरोनाको असर परेको
देखिन्छ ।यही कोरोनाका कारण बालबालिकाहरुमा विभिन्न किसिमका मनोवैज्ञानिक
समस्याहरुपनि देखिन थालेका छन् । विद्यालयहरुपनि पुर्णरुपमा बन्द छन् । पठनपाठनपनि
ठप्प छ जसले गर्दा आज बालबालिका र अभिभावकहरुमा पनि एक किसिमको अन्यौलता छाएको छ ।
बालबालिकाका आदर्श व्यक्ति भनेका
उनिहरुका बाबु र आमा हुन्छन् । साथै तेस्रो आदर्शकारुपमा उनिहरुलाई शिक्षा दिने
गुरुलाई लिन सकिन्छ । यिनिहरुले गरेका कामलाई बालबालिकाले आदर्शकारुपमा लिने
गर्दछन् । बालबालिकाको पहिलो पाठशालाकोरुपमा उनिहरुको घर र गुरुकारुपमा बाबु र
आमालाई लिने गरिन्छ साथै दोस्रो पाठशालाकोरुपमा विद्यालयलाई लिइन्छ । त्यसैले बाबु, आमा र गुरुले ति कलिला बालबालिकाका अगाडि गर्ने
काम र व्यवहारहरु आदर्श भन्न लायक हुनुपर्दछ । तथापि धेरै हदसम्म त्यस्तो हुन
सकेको छैन ।
त्यसैले आजको यो विषम
परिस्थितिलाई कसरी सामना गर्न सकिन्छ ? कलिला बालबालिकाका मस्तिस्कमा
यो मनोवैज्ञानिक असरलाई कसरी कम गर्न सकिन्छ ? यो महामारीबाट कसरी उम्कन
सकिन्छ ? कसरी अनुशासित तरिकाले यस्तो विषम परिस्थितिको
सामना गर्न सकिन्छ ? आदि जस्ता प्रश्नहरुमा अभिभावक
अत्यन्त सचेत भएर आफ्ना बालबालिकालाई त्यसबारेमा धेरै भन्दा धेरै जानकारी गराउनुनै
आजको आवश्यकता हो । घरमै बसेरपनि आफ्ना बालबालिकाहरुलाई धेरै भन्दा धेरै
सिर्जनात्मक काममा लगाउन सकिन्छ । उनिहरुलाई टाइमटेबल बनाइदिएर कुन समयमा के काम
गर्ने ? कतिखेर पढ्ने ? कतिखेर टेलिभिजन हेर्ने ? कतिखेर मोबाइल कम्प्युटर चलाउने ? कतिखेर मनोरञ्जनात्मक खेलहरु खेल्ने ? आदि जस्ता कार्यमा सहयोग गर्न सकिन्छ ।
विभिन्न खालका सन्देशमूलक
किताबहरु उपलब्ध गराइदिने, उनिहरुसँग सँगै बसेर विभिन्न
कथा, कविताहरु, लेख रचनाहरु वाचन गर्ने, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिने जस्ता
क्रियाकलापहरु गर्न सकियो भने उनिहरुलाई केही हदसम्म रचनात्मक बनाउन सकिन्छ की ? टेलिभिजन र मोबाइलमा पनि विभिन्न सन्देशमूलक कार्यक्रमहरु हेर्न प्रोत्साहन गर्ने र सकेसम्म यो
विषम परिस्थितिमा धेरै भन्दा धेरै समय आफ्ना छोराछोरीलाई दिनु उत्तम हुनेछ ।
अन्तमा यो विषम परिस्थितिलाई
सहजरुपमा आत्मसात् गर्नुको विकल्प नरहेको अवस्थामा सम्पुर्ण अभिभावकहरुलाई मरो
अनुरोध यो छ कि आफ्ना बावु नानिहरुलाई घरभित्रै राखौं र घर भित्रै रहेर पनि गर्न
सकिने विविध रचनात्मक क्रियाकलापमा बढि भन्दा बढि सक्रिय बनाऔं ।
मनोवैज्ञानिकरुपमा उनिहरुलाई बढि भन्दा बढि सिर्जनात्मकता तिर उन्मुख गराऔं । यो
विषम परिस्थितिलाई सहज बनाउने प्रयत्न गरौं र धेरै भन्दा धेरै समय आफ्ना
बावुनानीहरुलाई दिऔं ।
-खनाल तेजचन्द्र
Comments
Post a Comment